रामदेवको कोरोनाको आषधि सार्वजनिक गर्दा यसरी फसे स्वास्थ्यमन्त्री हर्षवर्धन


एजेन्सी – भारतीय मेडिकल एसोसिएशन (आईएमए) ले केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनसँग बाबा रामदेवको कम्पनीले बनाएको कोरोनाको तथाकथित औषधि कोरोनेलको प्रक्षेपणको बारेमा स्पष्टीकरण माग गरेको छ ।

आईएमएले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. हर्षवर्धनलाई एक पछि अर्को गर्दै स्पष्टिकरण सोधेको छ ।

आईएमएले जारी गरेको विज्ञप्तिमा केन्द्रीय स्वास्थ्यमन्त्रीलाई भारतको मेडिकल काउन्सिलको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘नियमले भन्छ कि कुनै पनि चिकित्सकले औषधि प्रमोट गर्न सक्दैन, तर केन्द्रीय मन्त्री जो आफैं डाक्टर छन् । उनले औषधीको प्रमोट गरेको देखेर हामी स्तब्ध छौं ।’

भारतीय चिकित्सक संघले यस विषयलाई मेडिकल काउन्सिल अफ इन्डियामा लैजाने घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्री हर्षवर्धनले गत शुक्रबार दिल्लीको कन्स्टीट्युसन क्लबमा बाबा रामदेवले आयोजना गरेको पत्रकार सम्मेलनमा भाग लिएका थिए । केन्द्रीय यातायात मन्त्री नितिन गडकरी पनि उक्त कार्यक्रममा सहभागी भएका थिए ।

रामदेवले सम्मेलनको क्रममा उनको संस्थानले तयार पारेका कोरोनिल सम्बन्धी अनुसन्धान पत्र धेरै अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement