युवाको जिम्मेवारी र राज्यको दायित्व


रमेश कठायत

सबै युवक युवा हुँदैनन् अनि सबै वृद्ध बुढा हुँदैनन्, सोच्ने र काम गर्ने कलाले  बुढो भएर पनि उनीहरू युवक नै रहन्छन्। जसलाई यी कलाहरु छैन ती युवा भएर पनि बुढो कहलिन्छ सिवाय उमेर बाहेक ।

मैले युवा उमेर हुनेहरुलाई मात्र दाज्न खोजिरहेको छैन, युवा एक सोच हो, उर्जा हो, एक अदम्य साहस हो ।  उमेर जति भएपनि अगाडि बढिरहने एक अदभूत क्षमता उसले राख्दछ | तपाइँको उमेर २५ वर्ष छ त्यसैले तपाइँ युवा हो यस भ्रममा नपर्नु होला ।

तपाइँको सोच्ने तरिका, तपाईँका धारणा कति जीवित र बैज्ञानिक छन्, पुराना रुढीवादी रिवाज फाल्ने र अरुलाई परिवर्तन गर्ने साहस कति छ त्यसमा तपाईको युवकत्व मूल्यांकन हुन्छ । तर ठीक उल्टो हाम्रो देशमा मान्छेहरु जन्मदै बुढो जन्मन्छन गलामा जनै झुन्डाएर गायत्री मन्त्र जपे झैँ सदियौ देखिको हामीमाथि लादिएको सामन्ति संस्कारलाई जस्ताको  त्यस्तै एसम्यान जस्तो भएर घेरामा एर अहिलेका युवाहरु शक्ति केन्द्रको पछाडि दौडिरहेका छन् । लगाम लगाएका घोडा जस्तो आफ्नो वुद्धि र विवेकलाई तिलान्जली दिएर सीमित घेरामा  बसेका लठैतहरु युवा हुन् सक्दैनन् ।

अब जाउ विषय प्रसंग तिर ।  कुनै पनि राष्ट्र या समाजको तरक्की अथवा  विकास युवा पिढीको चेतनाको विकास कति छ त्यसमा भर पर्छ । युवाहरुको आचरण, उनीहरको विचार, सोच्ने तरिका,कार्यशैली,उच्च शिक्षा हासिल आदि कुराले युवाहरुको विकाससंगसंगै देशको विकास पनि त्यसैमा भर पर्दछ । तर के युवाहरु नयाँ उर्जा र सृजनशीलताका साथ अगाडि बढिरहेका छन् त ?

आजका युवाहरु केवल आफ्नो निजि स्वार्थ र सुख दुखको बारेमा मात्र सोच्न थालेका छन् ।आफ्नो समाज राष्ट्र प्रतिको जिम्मेवारी प्रति किन गैरजिम्मेवार बन्दै गइरहेका छन् ?हामि आफैबाट संचालित छौ कि अरु कसैबाट संचालित ? अरु कसैबाट संचालित हौ भने हामि युवा हुन् सक्दैनौ ।

त्यस्तो भए हामि युवा दास हुन्छौ युवा हुन् सक्दैनौ ।युवा भनेको परिवर्तनका संवाहक हुन्,देश विकासका मेरुदण्ड हुन् अनि सबै युवा पसिना बगाउँन विदेश भासिन थाले पछी कसरी समृद्ध देश बन्छ ? कसरी सुखी नेपालि बन्छन ? विश्वमा कुनै पनि देश यस्तो छैन जुन देशका युवा देश निर्माणमा लागेका छन् र देश नबनेको होस् |नेपालमा नै केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास गुम्न लागेको आजको अवस्था र युवाको निराशा बढ्दो क्रममा छ । हाम्रो देशको बिडम्बना प्रत्यक दिन १५०० युवा बिदेसिन्छन र ४५ लाख युवा बिदेसी सकेका छन् ।

अहिले कतिपय युवाहरु अरवको खाडीमा पसिना बगाई रहेका छन भने कतिपय युरोप अमेरिकातिर ग्रिन भिसाको खोजिमा  दौडिरहेका देखिन्छन | कतिपय युवाहरुको बाध्यता छ भने कतिपय रहरले बिदेसिएका छन् |वच्चा देखि नै हाम्रा बिधालयहरुमा काम गर्ने क्षेत्र बिदेशी भूमिलाई सिकाएको हुन्छ । युवाको भविष्य नेपालमा नभई बिदेशमा देखाइन्छ ।बिधालय स्तरको पढाइ सकेपछी प्राय युवाहरु विदेशको सपना बुन्न थाल्छन | यसरी देश निर्माणका कर्णधार बिदेश तिर भासिनु भनेको देश प्रगति तिर होइन उधोगति तिर धकेलिनु हो । त्यसैले तपाइँ हामि मिलेर नै यस्तो मानसिकता चिर्न सकिन्छ र छिर्नु अति आवस्यक पनि छ ।

युवा भनेको एउटा प्रवृति हो । यो प्रवृतिले केहि परिबर्तन गर्ने साहस राख्दछ ।तपाइँ हामीले देखेका छौ ठुल-ठुला क्रान्तिका इतिहासका पछाडी युवा जोसको महत्व अहम छ | हामि नेपालको महान जनयुद,२०६२/०६३ को जनआन्दोलन होस् या हिटलरको पाला होस् या रुसको अक्टोवर क्रान्ति सबै शंघर्षमा युवाको महत्वपूर्ण भूमिका रहेको थियो | युवा शक्तिकै बलमा मात्र देश दुनिया अगाडी बढ्न सक्छ ।

माओले भने जस्तै “यो संसार हामीहरुको पनि हो मुख्यतः युवाहरुको किनकी हामि अस्ताउदा सुर्य हौ भने युवा उदाउदा सुर्य हुन” भन्ने भनाइ बाट नै युवाहरुको भूमिका देश र दुनिया बनाउन कति महत्वपूर्ण हुन्छ भन्ने प्रष्ट  हुन्छ । डा.योगी विकासानन्दले भने झैँ “केहि गर्नु छ भने शुरुवात आफै बाट गर्नु छ” दुनियार देश परिवर्तन गर्न चाहानेले राम्रो कामको शुरुवात पहिले आफैबाट  गर्नुपर्छ ।“संसार र देशले दुख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो” भनेझै अरुले गलत गरिराको छ भनि थाहा पाएर पनि मौन बस्नु पनि युवाहरुको अपराध हो | सत्ता संग रचनात्मक तरिकाले सहयोग र अन्तर संघर्ष सहितको सम्झौता कायम राख्नु पर्छ ।

 कुनै पनि समस्याया घटना कुनै न कुनै परिबर्तन गर्ने बाटो बनेर आएको हुन्छ,अहिले हाम्रो देशको समस्या पनि एउटा अवसरको रुपमा आएको छ र देश निर्माण गर्ने  अवसरको रुपमा,भ्रष्टाचार अन्त्य गर्ने अवसरका रुपमा,देश भित्रको हरेक क्षेत्रमा भएको अराजकता अन्त्य गर्ने अवसरका रुपमा आएको छ | तसर्थ युवाहरुले बिदेसिने मानसिकतालाई त्यागेर देश भित्रै सम्भावनाहरुको खोजि गर्नु पर्दछ र राष्ट्रप्रतिको दावित्वलाई जिम्मेवार पुर्वक मनन गरेर अहोरात्र समृद् नेपाल निर्माणका लागि खटिनु पर्दछ | बिदेशी भूमिमा भाडा माज्न तयार हुने आफ्नै जन्मभूमिमा खेति किसानी गर्न सर्माउने मानसिकतालाई त्याग्नु पर्छ र देशमा भित नै केहि राम्रो काम गर्न साहस जुटाउदै निराशा होइन आशामा बाच्नु पर्छ।

विगतमा हामी के थियौ भन्ने  चिन्ता होइन,भविष्यको चिन्तन मनन गर्न थाल्नु पर्दछ अनि बर्तमानमा असल कार्यको शुरवातगरे मात्र सम्भव हुन्छ समृद राष्ट्र खुसि नेपालीको सपना |अहिलेका युवा हामी राजनीतिमा लागेका लिडरहरुलाई नकारात्मक टिपणी मात्र गर्दछौ र आफु जिम्मेवारीबाट पन्छन खोज्छौ तर यो उल्टो भैरहेको छ |एउटा भनाइ छ नि “जब हामि कुनै कुरा सिक्न शुरु गर्छौ तब हामि जित्न सुरु गर्छौ”राजनीतिमा पनि युवाहरुको उत्तिकै महत्वपूर्ण संलग्नता आवस्यक छ र त्यो भित्र छिरेपछि मात्र हामि आफ्ना एजेण्डाहरुराष्ट्रिय राजनीतिमा प्रवेश गराउन सक्छौ ।

अनि मात्र असम्भव लाग्ने हाम्रो लक्ष्य तब पुरा गर्न सक्छौ जब हामि त्यस भित्र छिर्छौ। राजनीतिलाई एउटा फोहोरी खेल भनेर यसबाट पन्छिन खोज्ने युवा मानसिकतालाई तोडेर राजनीतिमा युवाहरु आउँन जरुरि छ । अनि मात्र देश नया सोच विचारका साथ युवा जोस सहित विकासको बाटोमा अगाडी बढ्छ । समृद नेपालको पुर्वसर्त भनेकै नया सोच उर्जाशिला र क्रियाशिल नेतृत्व हो ।

युवा नै अशिष्ट तरिकाले अरुको नकारात्मक टिप्पणी गर्दै दिन काट्ने,अरुको गुलामी चाकरी गरेर बस्ने हो भने देश विकास सम्भव छैन । राष्ट्र निर्माण गर्न स्वस्थ,कर्मठ र उधमी, अधिकार र कर्तव्य प्रति सचेत, सामावेसी र सशक्त, नेतृत्वदायी र स्वाबलम्बी युवाहरुको  आवस्यकता छ । राष्ट्र निर्माणमा मात्र युवाहरुको शिर्जनशिलताको, नवीनताको, उधमशिलताको उच्च नैतिक आचारणको र अनुसन्धानको आवस्यकता छ।

राजनीतिलाई केवल फोहोरी खेलको रुपमा मात्र बुझ्न हुदैन अहिले देशमा बिभिन्न खालका समस्याहरु छन् ,भ्रष्टचारले चरम सिमा नागिसकेको छ,कालाबजारी व्यापक छ | यस्ता बिबिध खालका समस्याहरु पहिचान गरेर समाधानको लागि नया वहस अबको युवा पिडिले शुरु गर्नु पर्छ |हरेक योजना निर्माणमा युवा स्वयं संलग्न र क्रियाशिल भएर देश विकासका योजनाहरु बनाउनु पर्दछ | नेपालमा बसेर हरेक श्रमलाई सम्मान गरेर आधुनिकीकरण र बिज्ञानको सदुपयोग गर्दै आफ्नो क्षमताको प्रयोग गर्नु अवको युवा वर्गको दावित्व हुन् आएको छ |

हाम्रो देशको २०६८ सालको जनगणना अनुसार १६-४० सम्मकालाई युवा मानेर आगडा हेर्दा नेपालमा युवाहरुको संख्या करिव १ करोड ७ लाख (४०.३५प्रतिशत) रहेको छ । लगभग कुल जनसंख्याको आधा जति युवाको संख्या रहेको छ । युवा मानव संसाधन विकासको प्रमुख साधन हो र यिनको विकास नभई देशको विकास असम्भव । |युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकाशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ |हामि अहिले समृदि र विकासको सुनौलो युगमा प्रवेस गर्नसक्ने प्रचुर अवस्थामा रहे पनि यावालाई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अपेक्षाकृत सहभागिता नगराउदा भनेजति परिवर्तन हुन् सकेको छैन ।

तथापी अहिलेको सरकारले युवा विकास,उधमशिलता र स्वरोजगारमा केहिआश लाग्दा कार्यक्रमहरु ल्याएका छन् | हामि सबैका लागि गर्वको विषय हो |अझै राज्यले युवालाई सशक्त र उर्जाशील बनाउन युवाको नेतृत्व तथा क्षमतामा विकास, उधमशिलताको विकास र स्वरोजगार,युवाको पहुच र सहभागितामा सुनुश्चितता गराउन पर्दछ अनि मात्र बन्न सक्छ समृद्द नेपाल । नेपालको संबिधानमा राज्यको निर्देशक सिदान्त अन्तरगत राष्ट्रिय विकासमा युवा अभिवृदी गर्दै राजनीति ,आर्थिक ,सामाजिक र सास्कृतिक अधिकारको पूर्ण उपयोग वातावरण सृजना गर्ने उल्लेख छ ।राज्यले संबिधानमा उल्लेखित कुरालाई मात्र कार्यान्वन गरे युवा शक्तिको धेरै विकास हुनेछ | सात दशक देखिको लामो बलिदानी बाट नेपालि जनताले संविधान पाएका छन् ।

संविधान बन्नु भन्दा पहिलाको क्षेण एक पटक तपाइँ हामि सबै फर्केर हेरौ त ! बढ्दो कालो बजारी,बढ्दो लोडसेडिङ,घुसखोरी र भ्रष्टाचारीको बिगबिगी,इन्धनको बढ्दो अभाव,भूकम्पको विनाश सबै कुरा नेपालि जनता किन सहेर बसे त भन्दा नया संबिधान औला र हाम्रो देश बन्ने छ, अर, सबल हुनेछ, अरुको भर पर्ने छैन, देश शान्तिको बाटोमा हिड्नेछ, नेपालिले आफ्नो श्रम बेच्न बिदेशिनु पर्ने छैन, नया उधोग धन्दा खुल्नेछन, देशमा नै रोजगारीको अवसर खुल्नेछ आदि-आदि कुरा पुरा हुन्छन त्यो प्रसव पिडा सहेर बसेका थियौ |अहिले हाम्रो देश विकास,समृदि र सुशानको मार्ग चित्र कोरेर अगाडी बढ्ने प्रक्रियामा छ । यसका लागि देशमा युवाहरुको खाचो र ठुलो भूमिका रहेको हुन्छ । अब राज्यले युवा आकर्षण  बढाउने खालका विकास र समृदिका आधार दिनुपर्छ । राज्यले अब आर्थिक विकास र प्रगतिका लागि कृषि,प्रयटन र जलस्रोत नै विकास प्रमुख आधार हुन् र यी क्षेत्रहरुमा राज्यले  प्रयाप्त मात्रामा लगानी गर्नु पर्छ ।

युवाहरु देश विकासका लागि बलिदान दिन र उत्पादनमा खटिन तयार छन । तर राज्यले युवा जनशक्तिको भावनालाई समेट्नु जरुरि छ र विकासका लागि  राज्यले युवा जनशक्तिलाई परिचालन गर्नु पर्छ । अन्तयमा एउटा चर्चित भनाइ बाट लेखको बिट मार्न चाहन्छु “देशले मलाइ के दियो भन्दापनि मैले देशलाई के दिए” भन्ने कुरा आत्मसात गर्दै  सम्पूर्ण आफ्नो अमुल्य जीवन देश र दुनियाका लागि समर्पण गर्ने युवाले गर्नु पर्दछ । राज्य सत्ता संचालन गरेकाले पनि नागरिकको संरक्षण,बृदि विकासका लागि अभिभावकत्वको भूमिका खेल्नु पर्दछ ।

(कठायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बझाङका जिल्ला कमिटी सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस
Advertisement