काठमाण्डु – प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाईका लाथि गठन भएको पुर्नगठित संवैधानिक इजलासमा सरकार पक्षले वखेडा झिकेको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले आइतबार पुर्नगठन गरेको संवैधानिक इजलासमाथि सरकार पक्षका वकिलले बखेडा झिकेका हुन् ।
महान्यायाधीवक्ता रमेश बडालले दुई जना न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिनुपर्ने माग राखेका छन् । उनले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई इजलासबाट बाहिरिन आग्रह गरेका हुन् ।
‘पूर्वाग्रहको आशंका भए पुग्छ भने आनन्दमोहन श्रीमानले नै लेख्नुभएको छ । हामीलाई यो इजलासमा आशंका छ’, उनले भने, ‘दुईजना न्यायाधीश नबसिदिनुहुन निवेदन गर्छु ।’
महान्यायाधीवक्ता बडालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुद्दा यो इजलासमा कसरी आयो ? भन्दै प्रश्न गरेका छन् ।
‘प्रश्न उठाउन कुनै मुद्दामा जस्टिस त बराबर हुनपर्ने होला नि श्रीमान । मैले यो मुद्दा हेरेपछी गम्भीर प्रश्नहरू उब्जिएका छन् । कसरी नेकपाको मुद्दा यो इजलासमा आयो यो गम्भीर प्रश्न हो’, उनले भने ।




प्रतिक्रिया