सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको भविष्य सुनिश्चित छैन : रमेश खरेल


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको विरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको बताएका हुन् । उनले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने बताए ।

उनले आफूहरूमा अल्मलिने छुट नरहेको जिकिर गरे । उनले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको उल्लेख गरे ।

नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement