काठमाण्डु – नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजीपी) रमेश खरेलविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता दर्ता गरेका छन् ।
अभियन्ता सफलले पूर्वडीआइजीपी खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको मुद्दामा उल्लेख गरेका छन् ।
कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहन स्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले निवेदनमा लगाएका छन् ।
सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी भ्रष्टाचार ऐन बमोजिम कारबाही गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया