गृहमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट, प्राकृतिक प्रकोपमा सहयोग गर्ने प्रतिबद्धता

गृहमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट, प्राकृतिक प्रकोपमा सहयोग गर्ने प्रतिबद्धता


काठमाण्डु – गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा राजदूत श्रीवास्तवले प्राकृतिक प्रकोपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत असार अन्तिम हप्ता चितवनको सिमलताल पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्यका लागि अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउन भारत सरकार सकरात्मक रहेको राजदूत श्रीवास्तवको भनाई थियो ।

कोरोना कहरपछि भारतका सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउनेमा विषयमा सकरात्मक छलफल गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच सीमा व्यवस्थापन तथा अन्तर सीमा अपराधमा देखिएका चुनौतीहरूलाई निकायगत समन्वय गर्दै जाने विषयमा छलफल भएको थियो ।

त्यसका साथै भारतीय लगानीमा सञ्चालन भइरहेको आयोजनाहरूलाई निर्धारित समयभित्र सम्पन्न गर्न देखापरेका चुनौतीलाई आपसी समन्वय र समझदारीमा सामना गरिने विषयमा गृहमन्त्रीको सचिवालयले जनाएको छ ।