नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयकमा परिणाममुखी छलफल भयो : गृहमन्त्री लेखक

नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयकमा परिणाममुखी छलफल भयो : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानून निर्माणको तयारीलाई तीव्र पारेका छन् ।

आईतबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालयमा बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका गृहमन्त्री लेखकले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए ।

दुवै प्रहरीको कानूनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित आईतबार साँझ छलफल भएको थियो ।

बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानून निर्माण गर्ने विधेयकमा सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रहरीको विधेयक २ हप्ताअघि नै पठाइएकोमा सशस्त्र प्रहरीको पनि बिहीबार पठाइएको छ ।

साउन तेस्रो हप्ता नै प्रहरी प्रधान कार्यालयमा प्रहरी सम्बन्धी विधेयकको समस्यौदा टुंग्याउनअघि गृहमन्त्री लेखकले उच्च अधिकारीको राय सुनेका थिए । गृहमन्त्री लेखकले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरूको पनि राय–सुझाव सुनेका थिए ।

सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुंगो लगाउनुअघि गृहमन्त्री रमेश लेखक आफैं सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीको राय सुनेका थिए ।

गृहमन्त्री लेखकले मन्त्री भएको १०० दिनभित्र प्रहरी ऐनलाई संसद्मा लैजाने लक्ष्य राखेका छन् । अर्थबाट सहमति आएपछि चाँडै कानून मन्त्रालय पठाउने र मन्त्रिपरिषद्मा लैजाने गृहमन्त्री लेखकको तयारी छ ।