सरकारी विधेयकविरुद्ध खुलेरै बोल्न थाले सत्तारुढ दलकै नेता, रमेश लेखकले राखे विमति


काठमाण्डु – राजनीतिको आडमा आपराधिक कार्यलाई छुट दिने गरी ल्याइएको सरकारी विधेयकमा सत्तारुढ दलकै सांसदहरूले असहमति व्यक्त गर्न थालेका छन् ।

मंगलवारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैमा मुद्दा खारेज गर्न नहुने बताए ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा प्रमुख सचेतक लेखकले हिंसात्मक क्रियाकलाप छाडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहको मुद्दा खारेज गर्ने गरी पारित गर्न नहुने बताए ।

‘मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ । त्यसले हिंसात्मक क्रियाकलाप छाडेर संविधानलाई मानेर, व्यवस्थालाई मानेर शान्तिपूर्ण राजनीतिमा फर्किन चाहनेका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ । त्यो सहमतिअनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समूहका सदस्यहरू थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरू खारेज गर्ने व्यवस्था गरिने व्यवस्था छ । यसलाई यसैरूपमा पारित गर्नु हुन्न । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुग्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement