पाथीभरा केबलकार निर्माण विवादबारे गृहमन्त्रीले गरे कांग्रेस कोशीका सभापतिहरूसँग छलफल

पाथीभरा केबलकार निर्माण विवादबारे गृहमन्त्रीले गरे कांग्रेस कोशीका सभापतिहरूसँग छलफल


काठमाण्डु- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरूसँग सामूहिक छलफल गरेका छन् ।

ताप्लेजुङको पाथीभरा केबलकार निर्माणबारे उत्पन्न विवादका विषयमा गृहमन्त्री लेखकले कांग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् ।

यसअघि माघ १५ गते गृहमन्त्री लेखकले ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदसँग छलफल गरेका थिए । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे मन्त्री लेखकले सांसदहरूसँग छलफल गरेका थिए ।

पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सरकारले पाथीभरा केबलकारका विषयमा संवाद गर्न वार्ता समिति बनाएको छ भने ‘नो केबलकार समूह’ले पनि सरकारसँग वार्ता गर्न समिति बनाएका छन् । उनीहरूबीच सोमबार वार्तासमेत भएको थियो ।