गृहमन्त्रीको आग्रह : व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्नू

गृहमन्त्रीको आग्रह : व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन अनुरोध गरेका छन् ।

बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत आग्रह गरेका छन् । उनले भिजिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका प्रतिपक्षीलाई तस्र्याउँदैमा पदबाट राजीनामा नदिने अडान लिए ।

मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्न पाएका थिएनन् । उनले एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रतिपक्षी दलहरूलाई प्रश्न पनि गरे । लेखकले भोलि प्रतिपक्षी दलमा भएका नेताहरू पनि मन्त्री बन्नुपर्ने भन्दै ख्याल राख्न आग्रह गरे ।

‘ममाथि प्रश्न उठाउने माननीय साथीहरूलाई आग्रह गर्न चाहन्छु । म मात्रै शासन सत्तामा बसिराख्ने होइन । यसभन्दा पहिले पनि बसिसक्नुभएको छ । म मात्र बस्ने होइन । वस्नु पनि होला,’ उनले भने ‘यो निरन्तर चलिराख्या छ । तर उहाँहरूले मलाई जोड्न खोजेको विषय भोलिका दिनमा उहाँहरूले यसरी नै शासन चलाउने अपेक्षा गर्नु भएको हो ? यति कुरा मैले निवेदन गर्नुपर्छ। यदि त्यस्तो हो भने उहाँ पनि भोलि यस्ता प्रश्नबाट भाग्न पाउनुहुने छैन ।’
भोलिका दिनमा आफूलाई जस्तै प्रश्न उठेमा आफूहरूले पनि राजीनामा माग्नुपर्ने अवस्था सिर्जना हुने भन्दै धम्कीका शैलीमा लेखकले यस्ता विषयमा चुप लाग्नुपर्ने आशय व्यक्त गरे ।

उनले अगाडिका मन्त्रीका समयमा समेत मन्त्रालयकै कर्मचारीमाथि छानबिन हुँदा पदबाट राजीनामा दिनु नपरेको प्रसंग उठाउँदै ३ वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको केसहरू समेत प्रस्तुत गरेका थिए ।