हलचोक पुगेर गृहमन्त्री लेखकले लिए गोताखोर डुबेको घटनाबारे जानकारी

हलचोक पुगेर गृहमन्त्री लेखकले लिए गोताखोर डुबेको घटनाबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर डुबेको घटनाबारे जानकारी लिएका छन् ।

शुक्रबार हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।

उनले अभ्यासका क्रममा मृत्यु भएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अप्नाउन जरुरी रहेको बताए ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद (गोताखोर) बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिँदै बेपत्तामध्ये हरदेवको शव शुक्रबार बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल भेटिएको जनाएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पुर्‍याइएको छ ।

मन्त्री लेखकले बेपत्ता जवान साउदको खोजीमा कुनैकसर बाँकी नराख्न आग्रह गरे । त्यसका लागि प्रदेश सरकारसँग पनि समन्वय गर्न निर्देशन दिए ।

राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।