राखेप सदस्य सचिवमा रमेश सिलवाल पुनः नियुक्त


काठमाण्डु – सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाललाई दोस्रो पटक नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् ।

समितिले यसअघि तीन जनाको नाम सिफारिस गरेको थियो । सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement