काठमाण्डु– केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई उक्त जिम्मेवारी दिएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि थापालाई प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया