राकेश रोकायाकाे ‘शोकमा डुब्यो रामारोशन’ गित सार्वजनिक


काठमाण्डु – रामारोशन बाढी पहिरो घटनामा आधारित ‘शोकमा डुब्यो रामारोशन’ गित सार्वजनिक भएको छ ।

जनगायक डम्बर रोकाया राकेशको स्वरमा ‘शोकमा डुब्यो रामारोशन’ गीत सार्वजनिक भएको हाे । सो गीत टेकराज अछामी युट्युब मार्फत सार्वजनिक गरिएको छ । डम्बर रोकायाको शब्द संगित रहेको उक्त गीतमा एरेन्ज मनिष विक्रम पाण्डेको रहेको छ ।

गीतको म्युजिक भिडियोमा अनुप श्रेष्ठ र हरिश भण्डारीले अभिनय गरेका छन, भने सम्पादन तथा निर्देशन महेश बिक्रम पाण्डेले गरेका छन । विशेष सहयोगीमा नवर सिंश रोकाया रहेका छन ।

भदौं २ गते राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर १७ जना बेपत्ता भएका थिए । जसमध्ये दर्जन बढि शवहरु फेला परेका छन, भने केहि अझैं फेला परेका छैनन । सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement