भारत र चीनमा ‘ए–वान’ डिप्लोम्याट पठाउनुपर्छ : पूर्वराजदुत आचार्य


काठमाडौं–  चीनका लागि पूर्वराजदुत एवम् परराष्ट्रविद् राजेश्वर आचार्यले वर्तमान सरकारले समृद्धि र सुशासन हाँसिल गर्नेगरि काम गरिरहेको बताएका छन्।

शनिबार राजधानीमा अायाेजित साक्षात्कारमा पूर्वराजदूत अाचार्यले नेपालको अर्थ नीति निर्यातमुखी हुनुपर्ने  बताए।

नेपाल सार्वभौम राष्ट्र भएकोले सोही अनुसार देशको आर्थिक योजनाहरु हुनुपर्ने बताउँदै आचार्यले भने,‘नेपालको सार्वभौमिकता अनुसार नै देशका आर्थिक योजनाहरु बनाउनुपर्छ, त्यस्तै ग्लोबल ईन्टरडिपेन्डेसीको परिधिभित्रै रहेर आर्थिक क्रियाकलापहरु बनाउनुपर्छ।’

सन् २००१ म चीनीयाँ प्रधानमन्त्री नेपाल आउँदा नेपाललाई दश लाख डलर दिन्छौं भनेर लिष्ट माँग्दा नेपालले लिष्ट दिन नसकेको दयनीय अवस्था स्मरण गर्दै आचार्यले भने,‘उनीहरुले हामीलाई सहयोग गर्छौं, तर लिष्ट माँग्दा हामीले दिन सकेनौं, त्यसैले हामीले हाम्रा प्राथमिकताहरुपनि निर्धारण गर्नुपर्छ।’

नेपालले आफ्ना अर्थतन्त्रका आधारहरुलाई बढाउनुपर्ने पनि आचार्यले जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सफल भारत भ्रमण गरेको उल्ल्ेख गर्दै उनले भने,‘प्रधानमन्त्री ओलीजीले सफल भारत भ्रमण गर्नुभयो, अब १०÷१२ दिनभित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदैहुनुहुन्छ, फाईदा लिनको लागि नेपालले कति होमवर्क गरेको छ रु त्यो त हेर्न बाँकी नै छ।’

सरकारको सुरुवातीकरण अत्यन्तै सराहनीय रहेको आचार्यको विश्वास छ । उनले भने,‘सरकारको सुरुवातीकरण धेरै राम्रो छ, पूर्व–पश्चिम रेलमार्ग बनाउने कुरा होस्, या बीरगन्ज–काठमाडौं रेल सञ्चालन गर्ने कुरा नै किन नहोस्, यी कामहरु सम्पन्न हुन कम्तिमा १० वर्ष लाग्ला, तर हुन्छ।’ त्यस्तै उनले चीनले धेरै कुरा बोल्दै नबोल्ने तर बोलेपछि वा तीनीहरुले प्रतिबद्धता गरेरपछि त्यो परियोजना वा काम सम्पन्न गरेरै छाड्ने जनाए ।

‘चीनले धेरै ढिलो भएपनि ल्हासासम्म रेल कुदायो, तर बोलेको कुरा पूरा गरेरै छोडेको छ’ आचार्यले भने,‘रिभर डाईभर्सन प्रोजेक्ट९साउथ–टु–नर्थ० पुरयाएर छाड्यो।’ कुटनीतिमा आपसी विश्वासले धेरै अर्थ राख्ने उनको भनाई थियो ।

नेपालको भुमी कसैको विरुद्ध प्रयोग गर्न दिन नहुने उनको भनाई छ । ‘नेपालले भारत र चीन दुवैको राष्ट्रिय सुरक्षालाई ध्यान दिएर नेपालको भुमी कसैको विरुद्ध प्रयोग गर्न दिनुहुँदैन्, चीन र भारतसँग नेपालले ‘ट्रष्ट गेन’ गर्नुपर्छ, हामी उनीहरुको गुड बुकमा हुनुपर्छ।’

नेपालका छिमेकीहरुसँग रहेका द्धिपक्षीय तित्तताहरु हटाउँदै जानुपर्ने आचार्यको भनाई छ । नेपालको विकासमा खास अर्थ र विशेष महत्व राख्ने चीन र भारतजस्ता देशहरुमा नेपालले ए–वन डिप्लोम्याट पठाउनुपर्ने आचार्यले सुझाए । उनले भने,‘तितो कुरालाई मिठोमा परिवर्तन गर्न सक्नुपर्छ, हो, त्यो गर्नका लागि ए वन कुटनीतिज्ञ पठाउनुपर्छ।’

नेपालले आर्थिक समृद्धि हाँसिल गर्नको लागि धेरै ठूलो फड्को हान्न जरुरी रहेकोले अहिलेको सरकारको सुरुवाती धेरै राम्रो रहेको उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement