काठमाण्डु – अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेकाे मन्त्रीपरिषद बैठकले रिक्त रहेको राजपत्रांकित विशिष्ट श्रेणी सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो ।
जसमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमश सहसचिव दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।
दंगाल यस पटक गरेर चौथो पटक सचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् । दोस्रो नम्बरमा सिफारिस भएका निरौला तेस्रोपटक र सिंह भने पहिलोपटक सिफारिस भएका हुन् ।




प्रतिक्रिया