मिडिया उद्यमी रामेश्वर थापाको गाडीले ठक्कर दिंदा ३ जना घाइते


काठमाण्डु – मिडिया उद्यमी रामेश्वर थापाको गाडीले ठक्कर दिंदा तीन जना घाइते भएका छन् । काठमाण्डौंको चक्रपथस्थित भाटभटेनी नजिकै थापा आफैले चलाएको गाडीले ठक्कर दिंदा ३ जना घाईते भएका हुन् ।

थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । घाइते हुनेमा मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन् ।

उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । भने सडकमा हिँडिरहेका ३ वर्षको एक बालकको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थापाको गाडीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement