खोटाङबाट एमालेका भट्टराईलाई हराउँदै रामकुमार राई निर्वाचित


काठमाण्डु- खोटाङबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गरेका हुन् । उनी एमालेका भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पार्दै संसद प्रवेश गर्न सफल भए ।

राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याएका छन् । त्यसैगरी जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement