एमालेको चियापानमा अध्यक्ष ओलीलाई रामकुमारी झाँक्रीको पुष्पगुच्छा


काठमाण्डु – नेकपा एमालेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पगुच्छा प्रदान गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले आयोजना गरेको चियापानमा झाँक्रीले पुष्पगुच्छा ल्याएर अध्यक्ष ओलीलाई प्रदान गरिन् ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेको समयमा सचिव झाँक्री चर्को आलोचना गरेकी थिइन् । त्यसयता ओली र झाँक्रीको सम्बन्ध सुमधुर देखिएको छैन । चियापान कार्यक्रममा भने झाँक्रीले ओलीका लागि पुष्पगुच्छा ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement