काठमाण्डु– नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।
पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको दावी गरेका हुन् ।
आजै झाँक्रीले आफूलाई पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन’ भनेर जीकिर गरेकी थिइन् ।
तर उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए । उनले भने, ‘उहाँलाई अनुशासन आयोगले स्पस्टीकरण सोधेको हो । अनुशासनले सोधेपछि पार्टीले नै सोधेको हुन्छ ।’
प्रतिक्रिया