हैदराबाले आईपीएल इतिहासको सबैभन्दा ठुलो स्कोर बनायो, बैंगलुरुलाई २८८ रनको लक्ष्य


काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार सनराइजर्स हैदराबादले आईपीएल इतिहासको सबैभन्दा ठुलो स्कोर बनाएको छ ।

सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८८ रनको विशाल लक्ष्य दिएको हो । यो लक्ष्य आईपीएलको सबै भन्दा ठुलो स्कोर हो ।  आईपीएलको १७औँ संस्करणमा हैदराबादले सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंग्लोरले २० ओभरमा २६३ रन बनाएको कीर्तिमानी तोडेको थियो ।

चैत्र १४ गते मुम्बई इन्डियन्सविरुद्ध हैदराबादले २७७ रन बनाउदै २०१३ को कीर्तिमानी तोड्दै नयाँ रकेर्ड बनाएको थियो । आफूले बनाएको उक्त कीर्तिमानी हैदरावादले आज तोडेको हो ।

जसमा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनाएको हो। हैदरावादका ट्राभिस हेडले सर्वाधिक १०२ रन बनाए। ४१ बल खेलेका उनले ९ चौका र ८ छक्क प्रहार गरे।

हेनरिक क्लासेन ६७ र अभिषेक शर्मा ३४ रनमा आउट भए। पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए। एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा अविजित रहे। बेंगलुरुका लकी फर्ग्युसनले सर्वाधिक २ विकेट लिए। रिस टोपलेको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस
Advertisement