काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गरेका छन् ।
बुधबार भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाबारे पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
बुधबारै मन्त्री डा. राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी अहमदले पनि मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा नेपाल इजिप्ट सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।
प्रतिक्रिया