काभानीको २ गोलले रोनाल्डोलाई घर पठायोे


काठमाडौं – २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा उरुग्वेले आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको छ।

उरुग्वेसंग पराजित भएपछि पोर्चुगल स्टार रोनाल्डोको विश्वकप जित्ने सपना तुहिएको छ । विश्वकपबाट बाहिरिएपछि उनले सन्यास लिने नलिनेबारे अहिले नै नबोल्ने बताएका छन् ।

उनले भनेका छन, ‘यो समय भनेको मेरो भविष्यको बारेमा बोल्ने होइन । मैले मेरो टिम, प्रशिक्षकका बारेमा बोल्न मिल्दैन ।’गएराति भएको नकआउट चरणको खेलमा उरुग्वेले पोर्चुगललाई २१ गोलले पराजित गरेको थियो ।

उनले पोर्चुगल टोलीको प्रशंसा गरेका छन् । उनले भनेका छन, ‘पोर्चुगलको सबै खेलाडीहरु उच्च फर्ममा छन् । यो टोलीले भविष्य उपाधि जित्नेमा म विश्वस्त छु । यो टिमसंग खेल्न पाउंदा म निकै खुशी छु । ‘उनले थप्दै भने,’उरुग्वेसँग हामीले राम्रो खेल प्रदर्शन गर्यौ । तर, गोल गर्ने अवसरबाट हामी बारम्बार चुक्यौ । उरुग्वेलाई बधाइ दिनु बाहेक हामीसंग अर्को विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement