नेपालले चीन र भारतसँग होसियारीपूर्वक रणनीतिक कोर्स तय गर्नुपर्छः राजदूत बेरी

नेपालले चीन र भारतसँग होसियारीपूर्वक रणनीतिक कोर्स तय गर्नुपर्छः राजदूत बेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भारत र चीनसँग होसियारीपूर्व छलफल गरेर आफ्नो सार्वभौमसत्ता बचाउन आग्रह गरेका छन् ।

नेपाली सेनाको कमाण्ड र स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै राजदूत बेरीले नेपालले आफूलाई दुई ढंगाबीचको तरुल भएको बताउँदै आएकाले त्यसलाई सत्य साबित गर्न दुवै छिमेकी मुलुकसँग होसियारीपूर्व छलफल गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

‘नेपाल दुई ढुंगा विचको तरुल हो भने एकदमै होसियारीपूर्वक र कसरी राम्रोसँग आफ्नो सार्वभौमसत्ता बचाउने भन्नेमा केन्द्रित भएर रणनीतिक कोर्स तय गर्नुपर्छ,’ उनले भने, ‘एक प्रजातान्त्रिक, सार्वभौम, समावेशी र कानुनी शासन अपनाउने नेपाल भएमा मात्र हाम्रो राष्ट्रिय सुरक्षा चासो सम्बोधन हुन्छ ।’

उनले नेपाल कुनै पनि मुलुकप्रति निर्भर भएको हेर्ने अमेरिकाको चाहना नरहेको प्रष्ट पारेका छन् । राजदूत बेरीले विकासमा नेपाल आत्मनिर्भर बन्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले अमेरिका नेपालमा सैन्य बेस राख्न इच्छुक नभएको बताएका छन् । उनले एमसीसी लागू गराएर अमेरिकाले नेपालमा सैन्य गतिविधि बढाउने खोजेको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् ।

‘नेपालले सैन्य बेस राख्न आग्रह गरे पनि हामी अस्वीकार गर्छौं’, उनले भने ।

त्यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई सैन्य गठबन्धनसँग जोडेर टिप्पणी भएकोमा असन्तुष्टी जनाएका छन् ।

राजदूत बेरीले को बारेमा पनि प्रतिक्रिया दिएका छन् । राजदूत बेरीले अमेरिकाले नेपाललाई जहिले पनि आफ्नो सार्वभौमसत्ता र स्वायत्तताको रक्षा गर्न आग्रह गर्दै आएको बताएका छन् ।