रामनवमीको र्‍यालीमा अवरोध भएपछि रानी क्षेत्र तनावग्रस्त, अश्रुग्यास प्रहार


काठमाण्डु – रामनवमीको र्‍यालीमा अवरोध भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

र्‍यालीका क्रममा अर्काे समूहले अवरोध गरेपछि २ समूहबीच विवाद भएको छ ।

बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ । रानी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

विराटनगर–१५ र १७ को बीचमा र्‍यालीलाई अवरोध गरेपछि विवाद भएका छ

प्रतिक्रिया दिनुहोस
Advertisement