विद्यार्थीमाथि लाठी हान्ने प्रहरीलाई कडा कारबाही गर्नूपर्छः सहसंयोजक तामाङ


काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका सह–संयोजक रन्जित तामाङले कोहलपुरमा विद्यार्थीमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।

आइतबार कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले ७ कक्षामा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् । उनको बीएण्डबी हस्पिटलमा उपचार सुरु भएको छ ।

तामाङले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,‘सुरक्षाको जिम्मा लिएको जिम्मेवार निकायले उत्पन्न समस्यालाई संयमतापूर्वक सुल्झाउन लाग्नुको सट्टा उल्टो गोली चलाएर आगोमा घ्यु थप्ने जस्तै गैरजिम्मेवार र बहुलठ्ठीपूर्ण हर्कत गरेको छ । अमानवीय दमनमा उत्रने दोषी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र घाइते विद्यार्थीको निःशुल्क उपचार गर्न पीति बालबालिकाहरुलाई उचित परिपुरणको माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement