जुनसुकै मुल्यमा पनि फागुन १४ मा स्ववियु निर्वाचन गराएरै छाड्छौं: सहसंयोजक तामाङ


धनगढी – सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् ।

तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्द हुन नहुने बताएका हुन् । आज धनगढीको कैलाली वहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तामाङले जुनसुकै मुल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘हामी आउंदो फागुन १४ गते जुनसुकै मुल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्छौं ।’ तामाङले विश्वविद्यालय प्रशासनलाई चुनावको सबै तयारी गर्न आग्रह गरे ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आउँदो स्ववियु निर्वाचनमा अनेरास्ववियूले ८० प्रतिशत क्याम्पस जित्ने दावी गरे । अनेरास्ववियू नेतृ सुनिता वरालले अनेरास्ववियूको एकता चांडै टुंगो लाग्ने बताइन् ।

त्यस्तै अनेरास्ववियू नेता तिलकराज भण्डारीले विश्वविद्यालयको उन्नयन र विद्यार्थी हकहितका लागि स्ववियु निर्वाचन हरहालतमा हुनपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement