सुदूरपश्चिम सरकार छाड्न संसदीय दललाई उन्मुक्ति पार्टीको निर्देशन


धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।

शुुुुुक्रबार सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी हुन् ।

बुधबार पार्टी कार्यालय टीकापुरमा बसेको बैठक अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार अघि बढ्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

संरक्षक रेशम चौधरी पक्षधरले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्न चाहेको छ भने अध्यक्ष श्रेष्ठले नयाँ गठबन्धनमा सामेल हुन चाहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement