रेशम पक्षबाट आफू निकट नेता कुटिएपछि रञ्जिताले चालिन् यस्तो बोल्ड कदम


काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद झन बढेको छ । पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले नाउपाका गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद झनै चर्किएको हो ।

अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीयत सदस्यहरुलाई कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गरेकी छन् । नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवादले उग्ररुप लिन थालेको छ ।

सोमवार (हिजो) रञ्जिताले बोलाएको संस्थापक केन्द्रीय सदस्यको बैठकमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरू सहभागी भएपछि पार्टी कार्यालयमा विवाद भयो। विवादको क्रममा रेशम पक्षका नेताहरूले रञ्जिता पक्षका नेताहरूलाई कुटपिट गरेका थिए । आफ्ना पक्षका नेताहरुलाई कुटपिट गरेपछि रञ्जिताले गण्डकी प्रदेश अध्यक्ष गुरुङ र बागमती अध्यक्ष तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयलाई लिएर रञ्जिता र रेशमबीच विवाद भएको थियो । अध्यक्ष रन्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समिकरणको पक्षमा लाग्ने बताउदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् ।

श्रीमान श्रीमतीसमेत रहेका रेशम र रन्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement