काठमाण्डुका जनता अब सरकारको मुख हेर्दैनौं भन्न थालेका छन्ः रञ्जु दर्शना

काठमाण्डुका जनता अब सरकारको मुख हेर्दैनौं भन्न थालेका छन्ः रञ्जु दर्शना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रञ्जु दर्शना न्यौपानेले काठमाण्डुमा खानेपानीको हाहाकार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले खोनेपानीको अन्तहीन समस्याबाट निराश काठमाण्डुबासीले सरकारबाट अपेक्षा राख्न छाडेको बताइन् ।

पानीजस्तो आधारभूत सेवाको लागि पनि नागरिकहरु हामी सरकारको मुख अब हेर्दैनौं भन्न थाल्नु निकै दुःखको कुरा भएको उनको भनाइ थियो ।

‘मेरो निर्वाचन क्षेत्र काठमाण्डु–१ मा खानेपानीको चरम अभाव भयो । यो निर्वाचन क्षेत्र–१ को मात्र कुरा होइन समग्र काठमाण्डुकै कुरा हो र यो वर्षेनि भइरहने कुरा हो, उनले भनिन्, ‘समस्यालाई पनि दैनिकीको रुपमा हाम्रो यही नै हो नियती भनेर लिन थालिसक्नुभयो । यो निकै दुःखदायी कुरा छ । पार्टीजस्तो आधारभूत सेवाको लागि पनि नागरिकहरु हामी सरकारको मुख अब हेर्दैनौं भन्न थाल्नु निकै दुःखको कुरा हो ।’