राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठकजारी छ । केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेकाे हाे ।

सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु भएको हो ।

‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सोमबार प्रस्तुत गरेका प्रतिवेदनमाथी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्नेछन् ।

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको हिजो जनाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमासमेत बिदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको बिषय भएको निष्कर्ष उनको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement