राप्रपा उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ ।

बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement