दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार


काठमाण्डु- दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको हो । तुलसीपुर उपमहानगरपालिका ९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको उनले बताए ।

घटनामा संलग्न भएको आरोपमा तुलसीपुर-५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने हालसम्म फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement