डाक्टरले गरे मोडलको बलात्कार


एजेन्सी – मुम्बईमा डाक्टरले मोडललाई बलात्कार गरेको आरोपमा प्रहरीले डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो ।

मिडिया रिपोर्ट अनुसार पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भएको थियो ।

प्रहरीका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि दिएका थिए । अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएको पत्ता लागेको छ । यस्तै, पीडित मोडलले डाक्टरले उनका केही आपत्तिजनक तस्वीर खिचेको र त्यही तस्वीरको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन् ।

यस्तै प्रहरीका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए । यसबारे कसैलाई जानकारी दिए तस्वीर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको उनले बताइन् ।

यसबारे गत हप्ता उजुरी दिइएको थियो । पुलिसले यसबारे अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement