काठमाण्डुमा दिनदहाडै बालिकामाथि बलात्कार प्रयास, स्थानीयले रंङ्गे हात पक्रिए


काठमाण्डु – काठमाण्डुमा सात वर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । बुधबार दिउँसो करिब ३ बजे कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकै सात वर्षीया बालिकामाथि बलात्कार गर्न खोज्ने एक जना युवक रंगे हात पक्राउ परेका छन् ।

बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने दाङ घोराही नगरपालिका ४ घर भई हाल कोटेश्वरको महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गे विकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका एसपी सोमेन्द्र सिंह राठौरले मदिरा खाएका ती पुरुषले बलात्कार प्रयास गरिहरेको अवस्थामा एक जना युवकले देखेर प्रहरीलाई खबर गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement