धर्मगुरू अाशारामलाई बलात्कार मुद्दामा जन्मकैद, मोदी समेत प्रशंसक थिए


काठमाडौं– भारतको जोधपुर अदालतले नाबालिका बलात्कार मुद्दामा धर्मगुरु रूपमा परिचित आशाराम बापुलाई जन्मकैदको फैसला सुनाएको छ।

भारतमा नाबालिकालाई बलात्कार गरेको पुष्टि भएपछि चमत्कारी अदालतले नाबालिका बलात्कारको मुद्दामा आशारामसँगै शिल्पी र शरतचन्द्रलाई २०–२० वर्षको कैद सजाय सुनाइएको छ। प्रकाश र शिवालाई सफाइ दिइएको छ।

७७ वर्षीय आसारामले मनाई आश्रममा सन् २०१३ मा १६ वर्षीया बालिकाको बलात्कार गरेका थिए।

बलात्कृत बालिकाकाका आमा–बुबा आसारामका भक्त थिए। बालिका पढाइका क्रममा लडेर घाइते भएपछि उपचारका लागि अभिभावकले आसारामकोमा लगेका थिए। तर, उनले बालिकालाई भूतप्रेत लागेको भन्दै झारफुकको बाहनामा बलात्कार गरेका थिए।

आसाराम अर्की महिलालाई बलात्कार गरेको अभियोग पनि चलिरहेको छ।

धार्मिक उपदेश दिने आसारामका १९ देशमा करिब ४०० आश्रम रहेका छन्। उनका ४ करोड भक्त रहेका थिए। उनले ४५ वर्ष पहिले गुजरातमा आश्रम सुरु गरेका थिए। त्यसपछि उनका भक्तहरूको संख्या बढ्न थालेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत आसारामका प्रशंसक थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement