बलात्कारी चोख्याउने एसपी माझी र डिएसपी भारतीसहित पाँच प्रहरीमाथि यस्तो कारबाही


काठमाडौं–बलात्कारीलाई जोगाउने प्रहरी अधिकारीमा परेका छन्।

७ माघ २०७४ मा काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक किशोरीमाथि भएको सामुहिक बलात्कार र १६ पुस २०७४ मा इटहरीको रोयल रिसोर्टमा बालिका बलात्कारको घटनाका आरोपीलाई जोगाउने गरी मिलमतोमा टुंग्याउने प्रहरी अधिकारीको ग्रेड घटुवा र सुरु स्केलमा घटुवा भएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार इटहरीको रोयल रिसोर्टमा बालिकामाथि भएको बलात्कार घटनालाई त्यसै टुंग्याएको आरोपमा सुनसरी प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीकोे एक स्केल ग्रेड घटुवा र प्रहरी निरीक्षक चिरन्जिवी दाहालको सुरु स्केलमा घटुवा गरेर कारबाही गरिएको हो।

उक्त घटना पश्चात प्रहरीले एसएसपी हरिबहादुर पालको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिको सिफारिसका आधारमा उनीहरु कारबाहीमा परेका हुन्।

त्यसैगरी, दरबारमार्ग बलात्कार घटना आर्थिक लेनदेनमा वृत्तमै कपाली कागजमा सहमति गराउने वृत्तका तत्कालीन इन्चार्ज डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र मुद्दाका सई चन्द्रबहादुर भण्डारी कारबाहीमा परेका हुन्।

डिएसपी भारतीको ग्रेड घटुवा हुुँदा पं्रनि ठकुरी र सई भण्डारीको सुरु स्केलमा घटुवा गरी कारबाही गरिएको हो।

महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशी र काठमाडौं परिसरका एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित टोलीले गरेको छानबिनमा उनीहरु दोषी देखिएपछि कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement