बलात्कारीलाई फाँसी दिन माग : पेटीकोट लगाएर माइतीघरमा अर्धनग्न प्रदर्शन


काठमाडौं – राजधानीको माईतीघर मण्डलामा बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका छन्। प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर तीन जनालाई पक्राउ गरेको छ ।

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत रहेका थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

पक्राउ पर्नेमा एक पुरुष र दुई महिला छन् । सयौंको हाराहारीमा शनिबार माइतीघरमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी मध्ये केहि भने अर्धनग्न रुपमा उत्रिएका थिए । उनीहरुले भदौ १ गतेदेखि लागू भएको नयाँ कानूनमा बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement