आफन्त बलात्कार गर्ने  कुँवरलाई प्रहरीले सार्बजनिक गर्‍यो


धनगढी – आफ्नै  नाता पर्ने १३ वर्षीया किशोरीलाई बलात्कार गर्ने कैलालीको घोडाघोडी नगरपालिका– ६ का ३२ वर्षीय हरिषबहादुर कुँवरलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।  उनलाई आज जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरीएको हो ।

उनिमाथी यही भदौ १३ गते राति घोडाघोडीकी स्थानिय  किशोरीलाई बलात्कार गरेको आरोप छ । विशेष सुराकीका आधारमा आईतवार  साँझ उनलाई  लम्की चुहा नगरपालिका–१० चुहाबाट पक्राउ गरेको हो । अभियुक्त कुँवरकी छोरी र पीडित बालिका स्थानीय स्कूलमा कक्षा ७ मा सँगै पढ्ने साथी समेत हुन ।

अभियुक्त र पीडित बालिकाका बुवाबीच मामाभाञ्जाको नाता पर्ने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले घटना भएको दिन घरमा  किशोरी र उनका  हजुरबुवा मात्रै रहेको जानकारी दिए  ।  राति १० बजे घरमा प्रवेश गरेका कुँवरले बालिकाकै सलले दुवै हात बाँधेर मुखमा कपडा कोची जवर्जस्ती करणी गरेको अनुसन्धानका क्रममा बताएका छन् ।

अहिले  पीडित बालिकाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । प्रहरीले कुँवरविरुद्ध जबर्जस्तीकरणीको मुद्दा चलाएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ख) बमोजिम १४ देखि १६ वर्षसम्म कैद र २२८ बमोजिम क्षर्तिपूर्ति भराउने व्यवस्था छ

प्रतिक्रिया दिनुहोस
Advertisement