सिरहामा फेरि दोहरियो सामुहिक बलात्कारको घटना, एक जना पक्राउ


महेश सिंह महतो

सिरहा – सिरहाको कर्जनहास्थित जगलमा घाँस काट्न गएकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । बल्तकारको सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–१ बन्दिपुरका श्याम कुमार महरा रहेका छन् । स्थानीय १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएकी बेला मौका छोपेर बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाकाअनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए । पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकी आरोपीहरुको खोजी कार्य तीब्र गतिमा भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहरा जनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement