राप्रपामा नयाँ नेतृत्व : केन्द्रीय सदस्यमा को–को भए विजयी ? (सूचीसहित)


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । पार्टीमा अध्यक्ष र पदाधिकारीसहित १४९ केन्द्रीय सदस्यको लागि चुनाव भएको थियो ।

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् ।

यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । पुरुष तथा महिला केन्द्रीय सदस्यको खुल्ला प्रतिस्पर्धाबाट ५७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये डा. राजेश गिरीलाई सबैभन्दा लोकप्रिय मत प्राप्त भएको छ । उनले २२५८ भोट ल्याएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार मुस्लिम खुल्ला केन्द्रीय सदस्यतर्फ मदिना खातुन, ताहिर अलि र अन्जरा आलम निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट मदिना खातुनले ल्याएकी छन् । उनले १७५४ भोट ल्याएकी छन् ।

महिला खुल्लातर्फ ४७ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट कुन्तीदेवी पोखरेल आशा लामा र पवित्रा गिरीलाई प्राप्त भएको छ । कुतीले २०८० भोट प्राप्त गरेकी छन् ।

मधेसी खुल्लातर्फ ११ जना निर्वाचित भएकोमा ११ जना निर्वाचित भएकोमा मोहनप्रसाद यादवलाई सर्वाधिक १९५२ भोट प्राप्त भएको छ ।आदिवासी जनजाति खुल्लातर्फ १४ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा बढी भोट आङनीमा शर्पालाई प्राप्त भएको छ । उनले २०२५ भोट ल्याएकी छन् ।

खुल्ला केन्द्रीय सदस्यमा कमल थापाका भाइ गणेश थापा र उनका छोरा अभिशेक थापा विजयी भएका छन् । कमल थापाकी छोरी प्रतिष्ठा थापा पनि महिला केन्द्रीय सदस्यमा विजय भएकी छन् ।

राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणाम)

प्रतिक्रिया दिनुहोस
Advertisement