राप्रपा प्रवक्ता मोहन श्रेष्ठले धवलशमशेरलाई फर्काए जवाफ

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले धवलशमशेरलाई फर्काए जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहन श्रेष्ठले राप्रपा परित्याग गरी नयाँ पार्टी बनाउने तयारीमा रहेका धवलशमशेर राणालाई जवाफ फर्काएका छन् ।

श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत राणालाई जवाफ फर्काएका हुन् । उनले पार्टीको वैधता धेरै बाँकी रहेको दाबी गरे । उनले आरोप लगाउँदा फर्केर आउने ठाउँ बाँकी राख्न पनि आग्रह गरेका छन् ।

‘आरोप लगाउँदा पनि फेरि फर्केर आउनुपर्ने ठाउँ बाँकी राखेर लगाउँ है साथीहरु’, श्रेष्ठले लेखेका छन्, ‘राप्रपाको वैधानिकता सकियो भनेर आरोप लगाइएछ, भ्रममा नपरौं । निर्वाचन कानुन, दलीय अभ्यास र हाम्रै अनुभवमा पनि राप्रपाको वैधानिकता धेरै बाँकी छ ।’

राणाले बुधबार विज्ञप्ति जारी गर्दै गत जेठ १९ पछि राप्रपाको वैधानिकता सकिएको बताएका थिए ।