राप्रपा कोशी अधिवेशनमा ‘मदिरा र मासु’ले विवाद, अध्यक्षका उम्मेदवारले मागे माफी

राप्रपा कोशी अधिवेशनमा ‘मदिरा र मासु’ले विवाद, अध्यक्षका उम्मेदवारले मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा ‘मदिरा र मासु’को विषयलाई लिएर विवाद भएको छ।

अध्यक्ष पदका उम्मेदवार विश्वमोहन थापाको अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले माफी मागेका छन्।

झापाको दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा नेतृत्व चयनका क्रममा थापाले ‘मदिरा र मासु’को प्रभाव पर्न नहुने आशयको अभिव्यक्ति दिएका थिए। त्यसप्रति कार्यकर्ता मदन मगरले आपत्ति जनाएका थिए।

थापाको अभिव्यक्तिले आफूहरूको भावनामा चोट पुगेको भन्दै मगरले विरोध जनाएपछि अधिवेशनस्थलमा केहीबेर भनाभन भएको थियो।

विवाद बढेपछि थापाले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका थिए। त्यसपछि वातावरण सामान्य बनेको र निर्वाचन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

राप्रपा कोशी प्रदेश अध्यक्षका लागि रामकुमार थापा, दुर्गा बस्नेत र विश्वमोहन थापाबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचनको नतिजाअनुसार रामकुमार थापा २७० मत प्राप्त गर्दै प्रदेश अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी दुर्गा बस्नेतले २३९ मत र विश्वमोहन थापाले ४० मत प्राप्त गरेका छन्।