राप्रपामा नयाँ नेतृत्व : प्रहरीका दुई पूर्व–आइजिपी र एक जर्नेल निर्वाचित


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्व–प्रहरी महानिरीक्षक (आइजिपी) र एकजना नेपाली सेनाका पूर्व–जर्नेल निर्वाचित भएका छन् ।

पूर्व–आइजिपीद्धय ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् भने रवीन्द्र प्रताप शाह केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौथो नम्बरमा निर्वाचित भएका हुन् ।

त्यसैगरी पूर्व–जर्नेल भरतबहादुर रायमाझी ११ सय ९ मत ल्याएर राप्रपाको ३४औँ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । रायमाझी स्पेनका लागि पूर्व–नेपाली राजदूत समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement