प्रतिष्ठानका २२ चिकित्सकले दिए सामूहिक राजीनामा


दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्की आएको भन्दै प्रतिष्ठान दाङका २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

प्रतिष्ठानका कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सकहरुले उपकूलपति डा. संगीता भण्डारीले बारम्बार अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्ती, धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण शारिरीक तथा मानसिक रुपमा विक्षिप्त भएर काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेहरुमा फिजिसियन चिकित्सक जित नारायण यादव र दिनेश उप्रेती, आर्थाेपेडिक चिकित्सक ओम अर्याल, अनिल प्रसाद यादव र सागर पन्थी, रेडियोग्राफी डा.रामेश्वर देवकोटा, नाक, कान, घाँटी सर्जन डा.बिक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. राजन शाक्य रहेका छन् ।

यस्तै पेडियाट्रिकस डा. कुष्णहरी सुवेदी, गाईनोलोजिष्ट डा.बसन्त लामिछाने, डा. सर्जन ईश्वरी भुषाल, डा याम, डि.जि.पि डा.अमित लाम्गाडे, डर्माटोलोजिष्ट डा. जेम महर्जन, कमिनिटि मेडिसियन डा. वर्षा मानन्धरले पनि राजीनामा दिएका हुन् ।

त्यस्तै राजीनामा दिनेमा १० जना मेडिकल अधिकृत पनि रहेका छन् । डा. अभ्यास पोख्रेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. प्रितम डि.सी, डा. आयुष पौडेल, डा. सुवर्ण बुढा र डा. मनोज यादव रहेका छन् ।

उपकुलपतिलाई पटक—पटक काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा पनि बेवास्था गरेपछि यस्तो समस्याको बीचमा स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने भन्दै राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement