राप्ती अस्पताल र राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड

राप्ती अस्पताल र राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ- लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई चार करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताएको हो ।

“अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो । अब, अस्पताल २०० शय्यामा विस्तार हुने भएको छ”, उनले भने

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सरकारले बजेट विनियोजन गर्दा प्राथमिकतामा नपारेको भन्दै यसअघि नागरिकले विरोध गर्दै आएका थिए । यसपटकको बजेटले भने धेरै आशा पलाएको छ, स्थानीय खुमानन्द अधिकारीले भने ।

त्यसैगरी, प्रदेश सरकारले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्नका लागि यसपटक बजेट विनियोजन गरेको छ । सुकौराकोट पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारू सङ्ग्रहालय निर्माणका लागि चार करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि थारू अगुवा तथा सर्वसाधारण खुसी भएका छन् ।

उनीहरूले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण र सुकौराकोटलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न उक्त बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।