रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सांसद सन्तोष परियार चयन भएका छन् । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन भएका हो ।

श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिक तर्फका सांसद हुन् । रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement