आज कुन राशिका लागि कति शुभ ?हेर्नुस राशिफल


काठमाण्डु – वि.सं. २०७७ साल कार्तिक ०७ गते शुक्रबार । इस्वी सन् २०२० अक्टोबर २३ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)   पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दिदी बहिनीको सहयोगले राम्रा कामहरू गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट रूपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरू बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) राजनीति तथा समाज सेवामा समय लिनेहरूले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) बिहानको समय राम्रो रहेकाले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरू जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरूको कारोबारबाट फइदा हुनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) माया प्रेममा सामीप्यता बढ्नेछ भने पति पत्नी बीचको सम्बन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्य धन सङ्ग्रह गर्न सकिनेछ ।  न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।  पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)  माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरू बीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू थप्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement