बिहीबार कुन-कुन राशिका लागि शुभ ?हेर्नुहोस् राशिफल


काठमाण्डु-  वि.सं.२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । काठमाण्डुमा सूर्योदय ०५ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागीर पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचे जस्तै नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा अरुभन्दा अगाडी तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)व्यापारमा बृद्धि हुनेछ भने थप ठाउमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलव्धी हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नी विचको सम्वन्धमा प्रगाडता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशि धन सम्पती हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement