बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुस राशिफल


काठमाण्डु – वि.सं.२०७७ साल मंसिर ०४ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महशुष हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  राजनीति कर्मिले सर्बसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement